विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशभित्र पुरानो घरको पुरानो काठको ओसारपसार खुल्ला गरेको छ ।
प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी प्रदेश वन ऐन २०७७ को दफा ८१ ले दिएको अधिकारको प्रयोग गर्दै पुरानो घरको पुरानो काठको ओसारपसार ६ महिनाका लागि खुल्ला गरेको हो ।
प्रदेश सरकारद्वारा खण्ड ८, सङ्ख्या २, प्रदेश राजपत्र भाग ३,२०८१।०४।१३ गते प्रकाशित राजपत्रमा यो कुरा उल्लेख गरिएको छ । कोशी प्रदेश वन ऐन २०७७ को दफा ८१ म पुरानो घरको पुरानो काठ सम्बन्धी स्पष्टीकरण दिइएको छ ।
जस अनुसार पुरानो काठ भन्नाले कम्तीमा १० वर्ष पुरानो घरमा प्रयोग भएको काठलाई जनाइएको छ ।
कोशी प्रदेश वन ऐन २०७७ को दफा ८१९१० मा पुरानो घरमा प्रयोग भएको पुरानो काठको ओसारपसार गर्न मन्त्रालयको प्रस्तावमा प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी निश्चित समयका लागि खुल्ला गर्न सक्ने व्यवस्था छ ।
सोही दफामा स्थानीय तह,प्रदेश वा सङ्घीय निर्वाचन हुनुभन्दा ६ महिना अगाडिको अवधिमा पुरानो घरको पुरानो काठ ओसारपसार गर्न मन्त्रालयले प्रस्ताव गर्न नपाइने व्यवस्था गरिएको छ ।
सोही ऐनको दफा ८१९२० मा प्रदेश सरकारले सूचना प्रकाशन गरेमा सम्बन्धित घरधनीले आवश्यक कागजात सहित सम्बन्धित डिभिजन वन कार्यालयमा निवेदन दिनुपर्ने छ भन्ने व्यवस्था गरिएको छ ।
यस्तै दफा ८१९३० मा रीतपूर्वक निवेदन प्राप्त भएमा निर्देशकको अनुमति लिई सम्बन्धित डिभिजन वन कार्यालयले पुरानो घरको पुरानो कोठालाई स्थानान्तरण इजाजत दिन सक्ने व्यवस्था गरिएको छ ।
Discussion about this post