काठमार्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, आफूले जिन्दगीमा कहिँल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनिनसहने दाबी गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफदिँदै उनले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिँने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन् ।
उनले भने,‘यस समिति समक्ष म स्पष्टपार्न चाहन्छु । मैले पहिले पनि जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गर्दिन भ्रष्टाचार सहिन पनि मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रुपमा कुरा उठाउँनु हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाका साथ भन्छु । यो धर्तिको अदालतमा मात्र होइन चित्र गुफ अगाडि पनि म जवाफदिन सक्छु । मलाई धन आर्जन गर्नु छैन् । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन् ।’
उनले आफ्नो नजर भन्दाबाहिर कसैले भ्रष्टाचार गरेकोलाई आफूले गर्न दिएको भन्न नमिल्ने बताए ।
Discussion about this post