इटहरी : नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेशको तेस्रो कार्यकारिणी समितिको अध्यक्षमा नेपाली काङ्ग्रेस निकट सिडेनका उम्मेद्वार जगरनाथ शाह विजयी भएका छन् । उनले निकटम् प्रतिद्वन्द्वी प्रदीप नेपाललाई पराजित गर्दै विजयी भएका हुन् ।
शाहले ३६६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेपालले ३४८ मत प्राप्त गरेका थिए ।
यसै गरी एसोसीएसनको उपाध्यक्षमा सिडेन समूहकै उमेश सुब्बा,सहसचिव र कोषाअध्यक्षमा मा क्रमश पवन कार्की र सुधिर यादव विजयी भएका छन् भने सचिवमा प्रगतिशील समूहका सञ्जय कुमार झा विजयी भएका छन् ।
१५ सदस्यीय एसोसिएसनको प्रदेश कार्य समितिमा १ जना सचिव र ३ जना सदस्य गरेर ४ जना सिडेन बाहिरका विजयी भएका छन् ।
एसोसीएनसको मतदान शुक्रवार भएको थियो भने शनिवार मतगणना सकिएको थियो ।
इन्जिनियर्स एसोसीएसनको निर्वाचनमा काङ्ग्रेस निकट लोकतान्त्रिक समूह (सिडेन) र कम्युनिष्ट निकट संयुक्त प्रगतिशील इन्जिनियर्स समूह बिच प्रतिस्पर्धा भएको थियो ।
Discussion about this post