इलाम / इलामका दुई पत्रकार पुरस्कृत भएका छन् । ‘शशीकला स्मृति पत्रकारिता पुरस्कार९२०८१’ बाट पत्रकार द्वय रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत भएका हुन् ।
संविधान दिवसको अवसरमा बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा उनीहरूलाई जनही सात हजार नगद सहित पुरस्कृत गरिएको हो । उनीहरूलाई सल्लाकार टीका घिमिरे, अध्यक्ष धिरेन्द्र शर्मा रमणले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए ।
काफ्ले पालिका पेज अनलाइन सहित इलाम खबर, झापा एक्सप्रेस इलाम खबरमा आबद्ध छन् भने ढकाल पालिका पेज सहित इलाम एफएममा आबद्ध छन् ।
१० वर्षे सशस्त्र द्धन्दका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको नाममा स्थापित प्रतिष्ठानले तीन वर्ष अघि सहिद पत्रकार शशीकला शर्माको स्मृतिमा सो पुरस्कार स्थापना गरेको थियो ।
सो पुरस्कार रिता राराहाङ, नाटककार रपत्रकार चेतन आङ्थुपो र पत्रकार भगीरथ भण्डारीले पाइसकेका छन् । प्रेस सेन्टर नेपाल इलामको सिफारिसमा सो पुरस्कार वितरण गरिँदै आइएको छ ।
Discussion about this post