इटहरी : इटहरीस्थित यातायात कार्यालयबाट पक्राउ परेका १६ जना बिचौलियालाई मङ्गलवार छाडिएको छ ।
गत असोज ९ गते इटहरीको यातायात कार्यालयबाट पक्राउ परेका १६ जना बिचौलियालाई आज मङ्गलवार छाडिएको हो । प्रहरीले जिल्ला प्रशासन कार्यालय सुनसरी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको थियो ।
पक्राउ परेकाहरूलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जनही १० हजार धरौटी बुझाएर छाड्न आदेश दिएसँगै उनीहरू हिरासतमुक्त भएका हुन् ।
सवारी चालक अनुमति पत्र ९लाइसेन्स०मा शून्य मूल्यमा मेडिकलमा ठेक्का पार्दै सर्वसाधारण मानिसबाट रकम असुल्ने गरेको पाइएपछि प्रशासनले निगरानी बढाएको थियो ।
यसअघि मेडिकल जाँचका लागि १० रुपैयाँको रसिद काट्नुपर्ने भएपनि अहिले सेवाग्राहीले उक्त शुल्क तिर्नुपर्दैन । तर, मेडिकलमा सबैलाई फेल गराइन्छ । र, मोटो रकम लाग्ने भन्दै असुली गर्ने गरेको खुलेको थियो ।
Discussion about this post