काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक आज बिहीबार प्रतिनिधिसभामा दर्ता गर्ने भएको छ ।
सिंहदरबारमा बिहान बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।
द्वन्द्वकालीन मुद्दाहरुको समयमै निरुपण नहुँदा बहालवाला प्रधानमन्त्रीविरुद्ध नै सर्वोच्चमा उजुरी दर्ता भएपछि सरकार विधेयक अघि बढाउन तयार भएको हो ।
मन्त्रिपरिषद बैठकले फलफूल तरकारी र खाद्यवस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।
Discussion about this post