धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई दिन ओपीडी सेवा बन्द गर्ने भएको छ ।
यही ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रतिष्ठानले दुई दिन ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।
मंसिर ४ र ५ गते सरकारले सार्वजनिक बिदा दिने भएकाले प्रतिष्ठानमा इमर्जेन्सीबाहेकका अन्य सेवा बन्द हुने निर्णय भएको बताइएको छ ।
प्रतिष्ठानका अनुसार अस्पतालतर्फको अन्तरंग सेवा, आकस्मिक सेवा र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू आदि बाहेक बहिरंग सेवा (ओपीडी) प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने जनाइएको छ ।
Discussion about this post