काठमाडौँ । हिन्दुहरुको महान् चाड दसैँको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दसैँमा मान्यजनले आशीर्वाद दिने गर्छन् ।
दसैँमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दसैँमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।तर पुरुष र महिलालाई आशिष् दिने बेग्लाबेग्लै श्लोक वाचन गर्ने प्रचलन छ । धेरै मानिसहरूलाई यस्तो श्लोक कण्ठस्थ भए पनि यसको अर्थ भने कमैलाई थाहा छ ।
टीका लगाउने भनेको प्रकृति पूजकको रूपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरूको आफ्नै विधि छ । उहाँहरूले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरूले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन । संस्कृत विश्वविद्यालयका धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराई आशीर्वादको गहनता बुझ्दा महिला र पुरुषको अलग अलग नभएको बताउँछन् ।
‘तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ। अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन्। तर समय क्रमसँगै दसैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ,’ उनले भने । निधारभरि अक्षता टाँसेर अक्षताकै सङ्ख्यामा आशीर्वादलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक बनाउनुपर्नेमा संस्कृतिविदहरुको भनाइ छ ।
Discussion about this post