काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोल्दा उडान प्रभावित भएको छ । काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको हाे ।
जहाज ट्याक्सी रनवेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका थिए ।
जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ । विगत केही सातायता यात्रुले हवाइजहाजका इमरजेन्सी डोर(आपतकालीन ढोका) खोलेको यो तेस्रो घटना हो । २ अक्टोबरका दिन विराटनगरबाट काठमाडौंको उडानमा र ७ अक्टोबरका दिन नेपालगञ्जबाट काठमाडौंको उडानमा पनि यात्रुले इमर्जेन्सी ढोका खोलेका थिए । जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ ।
विगत केही सातायता बुद्ध एयरका यात्रुले हवाईजहाजको इमरजेन्सी ढोका खोलेका घटना सार्वजनिक भएका छन् ।
२ अक्टुबरका दिन विराटनगर–काठमाडौं, ७ अक्टुबरका दिन नेपालगञ्ज–काठमाडौं र आज विहीबार फेरि विराटनगर-जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका छन् ।
Discussion about this post