इलाम : अब हिउँद याम सुरु हुँदै छ । हिउँदको याममा आम मानिस घुम्न रुचाउँछन् । त्यसो हुँदा तपाईँ इलाम घुम्ने तयारीमा हुनुहुन्छ ? त्यसो हो भने यी गन्तव्य नछुटाउनुहोस् ।
माइपोखरी
माइपोखरी विश्व रामसार क्षेत्रमा सूचिकृत छ । यो स्थान जिल्लाको घुम्नै पर्ने सूचीमा पर्दछ । नौ वटा कना रहेको माइपोखरी धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये अब्बल मानिन्छ । इलाम सदरमुकामबाट १५ किलोमिटर उत्तर पूर्वमा रहेको यो पोखरी अनौठो र विचित्रको स्थलका रूपमा परिचित छ ।
नवदुर्गाको प्रतीकका रूपमा रहेको यो पोखरी नौ कुना रहेकाले पनि धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । सुन्दर, शान्त र निश्चल ताल माइपोखरी पहाडको टुप्पोमा रहेको छ । वरिपरी धुपि सल्ला र गुराँसका बुटयानहरुले यो तालको सुन्दरता अझ बढाएको छ ।
तालभित्रका रङ्गी बिरङ्गी माछाहरूले पर्यटकहरूलाई मोहित पार्दछ । यहाँ पाइने सरिसृप प्रजाति र विश्वमा दुर्लभ गलैचे झ्याउ यहाँको भिन्न विशेषता हुन् । फूलहरूले सुसज्जित बगैँचाले गर्दा पनि पर्यटकहरू तस्विर कैद गर्न यहाँ लोभिने गरेका छन् ।
पहाडकोसमेत उच्च स्थान रहेकाले विशेष गरेर यो ठाँउमा कात्तिक, मंसिर महिनामा ठण्डा हुने भएकोले बाक्लो कपडा आवश्यक पर्ने गर्दछ । आगन्तुकहरूको सुविधाको लागि यस पोखरीको नजिकै होटलहरूसमेत रहेका छन् । नजिकै रहेको देउराली बजारमासमेत यहाँ होटल र होमस्टेको सुविधा पाउन सकिन्छ ।
श्रीअन्तु
सूर्योदय हेर्नका लागि महत्वपूर्ण गन्तव्य हो श्री अन्तु । यसका लागि श्रीअन्तु डाँडा नेपालकै प्रख्यात मानिन्छ । यस गन्तव्यलाई दीपेन्द्र शिखर पनि भन्ने गरिन्छ । सूर्योदय नगरपालिकाको फिक्कल बजारबाट करिब १४ किलोमिटरको दूरीमा रहको यहाँ पुग्न एक घण्टाको मोटर बाटो पार गर्नुपर्छ ।
यो ठाँउबाट अत्यन्तै सुन्दर सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट छिमेकी देश भारतका कर्साङ, दार्जिलिङ, कालेबुङ लगायतका गन्तव्यसमेत नियाल्न सकिन्छ । यहाँ दैनिक सयौँ पर्यटकहरू आउने गर्दछन । हरिया चियाका बुटयानले पर्यटकलाई लुकामारी खैलौँ जस्तो लाग्ने गर्दछ ।
अन्तु पोखरीसमेत छ । डुंगा चलाएर रमाइलो गर्नेहरूको संख्या समेत उत्तिकै छ । यहाँको आकर्षक जीवन शैलीले पर्यटकलाई मोहित पार्छ । लोपन्मुख लेप्चा जातिहरूको लेप्चा सङ्ग्राहलय र लेप्चा जातिहरूको संस्कार संस्कृतिहरूले अझ पर्यटनको रौनकता थप्ने गरेको छ ।
यहाँ पर्यटकहरूको सुविधाको लागि गाँउमा होमस्टे तथा सुविधाजनक होटलहरूसमेत रहेका छन् ।
सूर्योदय र सूर्योस्थका लागि महत्वपूर्ण गन्तब्य हो श्री अन्तु । यसका लागि श्रीअन्तु डाँडा नेपालकै प्रख्यात मानिन्छ । यस गन्तब्यलाई दिपेन्द्र शिखर पनि भन्ने गरिन्छ । सूर्योदय नगरपालिकाको फिक्कल बजारबाट करिव १४ किलोमीटरको दुरीमा रहको १ घण्टाको मोटर बाटो पार गरेपछि पुग्न सकिन्छ ।
यो ठाँउबाट अत्यन्तै सुन्दर सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट छिमेकी देश भारतका कर्साङ, दार्जिलिङ, कालेम्पोङ लगायतका गन्तब्य समेत नियाल्न सकिन्छ । यहाँ दैनिक सयौँ पर्यटकहरु आउने गर्दछन ।
हरिया चियाका बुटयानले पर्यटकलाइ लुकामारी खैलौँ खैलोँ जस्तो लाग्ने गर्दछ । यहाँ अन्तु पोखरी समेत छ । यहाँ डुंगा चलाएर रमाइलो गर्नेहरुको संख्या समेत उत्तिकै छ । यहाँको आकर्षक जिवन शैलीले पर्यटकलाई मोहित गर्दछ । लोपन्मुख लेप्चा जातिहरुको लेप्चा संग्राहलय र लेप्चा जातिहरुको संस्कार संस्कृतिहरुले अझ पर्यटनको रौनकता थप्ने गरेको छ ।
यहाँ पर्यटकहरुको सुबिधाको लागि गाँउमा होमस्टे तथा सुविधाजनक होटलहरु समेत रहेका छन् ।
कन्याम
मेची राजमार्गले छोएको कन्यामसमेत सूर्योदय नगरपालिकामा नै पर्दछ । धेरै पर्यटकहरूको आवागमन हुने यस क्षेत्र पर्यटकहरूका लागि सहज गन्तव्य हो । यहाँ हरिया चियाका बुट्यानसहित आकर्षक चियाकारीले पर्यटकहरूको मन लोभ्याउने गरेको छ । पक्की सडक भएकाले झापा बिर्तामोडबाट करिब डेढ घण्टाको मोटर यात्रापछि कन्याम पुग्न सकिन्छ ।
कन्याम चियाबगानको सुन्दरता अवलोकन गर्नलाई दिनमा सयौँ आन्तरिक तथा बाहय पर्यटक यहाँ आउने गरेका छन् । यहाँको सुन्दरताले जो कोही मन लोभ्याउने गर्दछ । यहाँ पिकनिक स्थल भएकाले विशेषगरी कार्तिक र मंसिर महिनामा भरीभराउ हुने गरेका छन् ।
यहाँ मनोरञ्जनका रूपमा घोडा चढेर, दृश्यावलोकनका लागि भारतका दार्जिलिङ, कालेबुङ लगायतका स्थानहरूसमेत रहेका छन् । एकाबिहानै सूर्यको लालीकिरणमा कञ्चनजञ्गा र कुम्भकर्ण चाँदीजस्तो छचल्किएको दृश्यले मनै फुरुङग पार्ने गर्दछ । आगन्तुक पर्यटकहरूको सहजताको लागि अहिले यहाँ होटल तथा लजहरूपर्याप्त रहेका छन् ।
पाथीभरा
इलाम, धार्मिक पर्यटकीय स्थल पनि हो । विगत वर्र्षहरूदेखि धार्मिक पर्यटकहरूलाई आकर्षण गर्ने केन्द्र बनेको छ, पाथीभरा मन्दिर ।
मेची राजमार्ग भन्दा नजिकै रहेका यस स्थल कोल्बुङमा रहेको छ । इलाम, झापा, मोरङ, सुनसरी लगायतका स्थानबाटसमेत यहाँ पर्यटकहरूको घुईँचो लाग्ने गरेको छ ।
धार्मिक पर्यटकीय स्थल पाथीभराको विशेषता अन्य पर्यटकीय क्षेत्र अरू भन्दा भिन्न छ । आगन्तुकहरू शुद्ध मन र विचारले यो ठाँउमा आएर भाकल पूरा गर्ने गर्दछन् । चारैतिर घना जंगल र पहाडको उच्च थुम्कामा रहेकोले यो ठाँउ सुन्दर र शान्त स्थानमा रहेको छ ।
विगत वर्षदेखि धार्मिक आगन्तुकहरू दिनानुदिन बढ्दै गएकोले यसको प्रसिद्दि बढ्दै गएको महसुस हून्छ । यसको फेदी मेची राजमार्ग रहेको छ । फेदी अर्थात राजमार्ग आसपासमा होटल तथा लजहरूसमेत रहेका छन् ।
सन्दकपुर
भारतसँग सीमा जोडिएको यस स्थान जिल्लाको उच्च स्थानमा रहेको छ । सूर्योदयका लागि प्रसिद्द गन्तव्यका रूपमा परिचित सन्कपुरमा भारत र बंगालादेशबाट धेरैजसो पर्यटकहरू आउने गरेका छन् ।
इलाम बजारदेखि बरबोटे सुलबुङ हुँदै माबु, तिनकुने बजार बाटो हुँदै सन्दकपुर पुगिन्छ । त्यस्तै, यो ठाँउमा पुग्नका लागि भारतको सुकिया नेपालको मानेभञ्ज्याङ हुँदै पुग्न पनि सकिन्छ । यहाँ हिउँदको सिजनमा हिउँमा पर्यटक रम्ने गरेका छन् ।
हिउँसंग रम्न र सूर्योदयको दृश्यावलोकनका लागि धेरैजसो पर्यटक आउने गर्दछन । यसको उचाई ३,६३६ मिटर रहेको छ । यहाँबाट सगरमाथा, कञ्चनजञ्गा, ल्होत्से, मकालु जस्ता हिमश्रृङ्खलाहरू देख्न सकिन्छ ।
सन्दकपुरको अर्को आकर्षक पक्ष भनेको यो ठाँउमा पाइने गुँरासका प्रजातिहरू हुन् । चैत र वैशाख महिना लहलहाँउदो गरेर फुल्ने गुराँसको फूल चाँप, चिमालेको सुगन्धले जो कोहीको मन लोभ्याउने गर्दछन् ।
आगन्तुकहरूको सुविधाको निम्ति यहाँ कालपोखरी क्षेत्रमा प्रशस्त मात्रामा होटल तथा होमस्टेको सुविधा छ । यसलाई विदेशी पर्यटकहरूले सन्दफुसमेत भनेर चिन्ने गर्दछन् ।
माङसेबुङ
यो स्थान धार्मिक गन्तव्यका रूपमा परिचित छ । किरात धर्मावलम्बीको लागि प्रसिद्ध ठाउँ यस स्थानलाई लिइने गरिन्छ । किराती धर्मावलम्बीहरूको प्रमुख धार्मिक तीर्थ स्थलका रूपमा यसलाई लिइन्छ । यहाँ अधिकांश किरात धर्मालम्वीहरू यस स्थलमा आउने दाबी गरिन्छ ।
धार्मिकस्थल भएकै कारण यस क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू साकाहारी छन् । यस स्थानमा धुम्रपान, मध्यपानमासमेत कडाई गरिएको छ । हरेक वर्षको कार्तिक र मंसिरमा महागुरू फाल्गुनन्द र अङसिमाङ आत्मनन्दको जन्मोत्सवको अवसर पारेर देश, विदेशबाट भक्तजनहरू आउने गर्दछन् ।
यो ठाँउमा आउने भक्तजन र पर्यटकहरूका लागि साकाहारी भोजन गाउँले परिवेशअनुसारका खाने र बस्ने कुराको सुविधा पाउन सकिन्छ ।
गजुरमुखीधाम
धार्मिक तथा पर्यटकीय दृष्टिले गजुरमुखी महत्वपूर्ण गन्तव्य मान्न सकिन्छ । इलाम सदरमुकामदेखि पश्चिमी क्षेत्रमा रहेको यो स्थान पुग्नलाई सदरमुकामदेखि नेपालटार, मंगलबारे बजार हुँदै धुसेनीबाट देउमाई खोला पार गरेपछि गजुरमुखी पुग्न सकिन्छ ।
देउमाई किनाराबाट नजिकै रहेको यस स्थानमा जाने पर्यटकहरूले देउमाई खोलामा स्नान गरेर जाने गरेका छन् । भाकल पूरा होस् भनेर यो ठाँउमा पुग्ने बताइन्छ ।
विशेषगरी बोली नआएकाहरूले भाकल पूरा गरेपछि यहाँको शक्तिले बोली फुट्ने गरेको विश्वास छ । बालबच्चाहरू लिएर आउने भक्तजनहरू धेरैजसो रहेको बताइन्छ ।
सानोमा बोली नआएका बच्चाहरू बोली फुटेपछि पुनः पुग्ने गरेका छन् ।
गजुरमुखी धाम नजिकै देउमाई किनारामा कार्तिक पूर्णिमाका दिन धार्मिक मेला लाग्ने गरेको छ । यहाँ पर्यटकहरूको सुविधाका लागि अहिले सुविधाजनक रूपमा होटल तथा लजहरूको सुविधा रहेको छ ।
Discussion about this post