पाँचथर : पाँचदिनअघि पक्राउ परेका फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ धरौटीमा रिहा भएका छन् ।
उनलाई जिल्ला प्रशासन कार्यालय पाँचथरले १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
गुरुङ सशस्त्र प्रहरी बल फिदिमस्थित हिमशिखर गुल्मका प्रमुख (डीएसपी) कुमार बराललाई अभद्र व्यवहार गरेको आरोपमा गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई जिल्ला प्रशासन कार्यालय पाँचथरमा अभद्र व्यवहारको मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पाँचथरको प्रहरी हिरासतमा राखेको थियो ।
जिल्ला प्रशासन कार्यालय पाँचथरमा भएको बयानपश्चात उनलाई आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने सर्तसहित १० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो ।
उनी फिदिम ४ स्थित आफ्नै घरबाट पक्राउ परेका थिए । दुई हजार ६ सय ३३ घर धुरीलाई वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष गुरुङ केहिदिनअघि फिदिम नगरपालिकाको कार्यालयसँगै केही व्यक्ति र कार्यालयका घरमा जोडिएको धारा काटेर विवादमा तानिएका थिए ।
Discussion about this post