सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ।
निर्वाचन आयोगबाट बाँकी मतगणना गर्न निर्देशन प्राप्त भएको निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
‘आयोगको जवाफ हामीले पर्खिरहेका थियौं, आज प्राप्त भयो’ उनले भने, ‘कानुनतः मतगणनालाई निरन्तरता दिनु भन्ने निर्देशन प्राप्त भएको छ।’ उनले मंगलबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुचारु गर्ने बताए।
निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले ६०६ मत नेकपा एमालेका उम्मेदवारलाई थप गरेको भन्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले मतगणना रोक्न निवेदन दिएका थिए।
त्यसपछि शनिबार बसेको सर्वदलीय बैठकमा दुवै पक्षको फरक माग भएपछि सहमति हुन सकेन। सोही बैठकमा निर्वाचन अधिकृतले गल्ती स्वीकार गरेका थिए।
पुनः आइतबार बसेको सर्वदलीय बैठकले समेत निश्कर्ष निकाल्न नसकेपछि कार्कीले र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि गणना गर्न निर्वाचन कार्यालयमा निवेदन दिएका थिए। आयोगबाट आउने प्रतिक्रियाको आधारमा अगाडि बढ्ने गरी सो निवेदन निर्वाचन आयोगमा पठाइएको थियो।
Discussion about this post