काठमार्डाैँ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो दर अहिलेसम्मकै उच्च हो।
मंगलबार भएको चुनावमा कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक बुधबार अमेरिकाको राष्ट्रपति बनेका हुन्। यद्यपि औपचारिक घोषणा हुन बाँकी छ।
राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिद मूल्य भने १३४.५६ रुपैयाँ तोकेको छ। बुधबार १ अमेरिकी डलरको विनिमय दर १३४.८८ रुपैयाँ थियो भने मंगलबार १३४.८९ रुपैयाँ थियो।
Discussion about this post