काठमाडौं : सीजी डिजिटलले आफ्नो सेवा विस्तार गरेको छ ।
सेवा विस्तार गर्दै कम्पनीले बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।
जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सइ, ब्लयाक प्लस डेकर, क्रम्टन, नथिङ र एप्पल आइफोनलगायतका उत्पादनहरू उपलब्ध छन् ।
आफ्ना सामानहरूको प्रदर्शन र बिक्री वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उदेश्यसहित शोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
दक्ष्य र अनुभवी सेल्स पर्सनहरुबाट ति शोरुममा भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशसम्मको विशेष छुट पाउन सक्नेछन् । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोकोसमेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई ग्राहकले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन् ।
यी ५ वटासहित सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ । जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको कम्पनीको दाबी छ ।
Discussion about this post