धरान : कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले धरानमा पानी पर्याप्त नभए पनि जति उपलब्ध छ, त्यो नेकपा एमालेले ल्याएको दाबी गरेका छन् ।
नेकपा (एमाले) धरान ८ अरूण टोल कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले धरान उपमहानगरमा एमाले नेतृत्वको सरकार रहेकै समयमा खानेपानी अभाव पूर्तिका लागि स्रोतहरूको पहिचान र पूर्वाधार निर्माणको काम सुरूआत गरिएको बताए । त्यही स्रोतबाट उपलब्ध पानीले हाल धरानको खानेपानी थेगिरहेको सांसद बस्नेतले जिकिर गरे ।
पानी वितरण गर्ने समयमा एमाले स्थानीय सरकारबाट बाहिरिनुपरेको र त्यसैको जगमा हालका जनप्रतिनिधिले जस लिने काम गरिरहेको उनले बताए ।
थप अपुग पानीका लागि कोशी प्रदेश सरकारको तर्फबाट विश्वकर्मा मन्दिर मुनिको जंगलमा भूमिगत स्रोतको व्यवस्थापन गरिसकिएको पनि सांसद बस्नेतले बताए ।
उनले धरान ८ नम्बर वडा भएर जाने मदन भण्डारी राजमार्ग, कोशी लोकमार्ग र लेउती सुरुङ मार्गसहितका परियोजनाले धरानलाई थप समृद्ध बनाउने बताए ।
कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले धरान ८ स्थित अरूण टोल र दुर्गापथबीच बग्ने खहरेमा पुलको व्यवस्था नहुँदा अरूण टोलका बालबालिकाहरू नजिकैको स्कुलसमेत जान समस्या रहेको बताए ।
खहरेले धरान ८ लाई विभाजन गर्नुका साथै अरूण टोल र दुर्गापथलाई दुर्गम दार्चुला बनाइदिएको उनले बताए ।
स्थानीय सरकारको नजरमा नपरेका कारण खहरेले धरानलाई नै कुरूप बनाइरहेको बताए । तीनढ्वाङ्गेले गत वर्षामा एकजनाको ज्यान नै लिइसकेकाले खहरेका विभिन्न स्थानहरूमा उचित पुलको व्यवस्था गर्न आवश्यक रहेको राईले बताए ।
अधिवेशनमा धरान ८ नम्बर वडाध्यक्ष धनबहादुर राईले खहरेमा करिडोर बन्ने काम प्रारम्भ भएपछि करिडोरका बसोबासका स्थानीयको धेरै समस्या समाधान हुने बताए ।
उक्त कार्यक्रममा बोनम्यारो क्यान्सर पीडित किशोर लिम्बूलाई उपचार सहयोगसमेत गरिएको छ । कार्यक्रममा उपचारका लागि नौ हजार सहयोग संकलन गरी प्रदान गरिएको हो ।
अधिवेशनमा नेकपा एमाले सुनसरी सदस्य तथा वडा इन्चार्ज नारायण सुवेदी, नेकपा एमाले ८ नम्बर वडा अध्यक्ष लक्ष्मण दास लगायतले बोलेका थिए ।
अधिवेशनले बालिका योञ्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा नरमाया लिङ्थेप, सचिवमा पूर्णिमा तामाङ, उपसचिवहरुमा अनु श्रेष्ठ र तारा क्षेत्री रहेका छन् ।
त्यस्तै सदस्यहरूमा लक्ष्मी तामाङ, गणेश लिम्बू, फूलकुमारी तामाङ, नन्दबहादुर गुरुङ, विष्णु राई र सरशा लिम्बू चयन भएका छन् ।
बालिका योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बलिन्द्र बिकले गरेका थिए ।
Discussion about this post