ताप्लेजुङ । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (रातो हाब्रे) अध्ययन तथा अनुसन्धान गर्नका लागि ताप्लेजुङमा पहल गरिएको छ ।
यसका लागि अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।
फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो ।
हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।
केन्द्र स्थापनाका लागि एक करोड ५७ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताइन् ।
Discussion about this post