काभ्रे २ बाट नवनिर्वाचित नेकपा एमालेका सांसद गोकुल बास्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डे जानकारी दिएका थिए । उनका अनुसार तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको थियो ।
शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।
यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बस विस्फोट गराइएको थियो ।
Discussion about this post