गत निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि जनता समाजवादी पार्टीले नेकपा एमालेसँगको सहकार्य तोडेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका हुन् ।
आइतबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ’यादवले भने ।
यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताए ।
४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए । चुनावमा एमालेसँग जसपाले आवस्यकताका आधारमा केही स्थानहरुमा तालमेल गरेको थियो ।
Discussion about this post