विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्की अर्का दाबीकर्ता इन्द्र आङबोको तुलनामा बलियो रहेका देखिएको छ । बिहीबार मुख्यमन्त्रीमा एमालेका ३९ र आफ्ना ८ सांसदको श सरीर हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका कार्की प्रदेश प्रमुखले कुनै प्रभावमा नपरी निर्णय लिए भने कोशी प्रदेशको सातौं मुख्यमन्त्री बन्ने निश्चित प्रायः छ ।
तथ्य १
संविधानको धारा १६५ को उपधारा ५ बमोजिम दाबी गरेका कार्कीले बहुमत सांसदलाई श सरीर उपस्थित सहित हस्ताक्षर गराएर मुख्यमन्त्रीमा दाबी गरे । जुन संविधानसम्मत मानिन्छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेका शेर बहादुर देउवाले गरेको दाबी अस्वीकार गरे पनि धारा ५ को बारेमा सर्वोच्चले व्याख्या गरिसकेको छ । २०७८ जेठ ७ मा नेकपा एमालेका २३ सांसदले विद्रोह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा गरेको हस्ताक्षर सर्वोच्चले संवैधानिक ठहर गर्दे देउवालाई प्रधानमन्त्री नियुक्त गराइसकेको छ ।
तथ्य २
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङबोले गरेको दाबीमा उल्लेख गरेको हस्ताक्षर दुरुपयोग भयो भनेर हिमाल कार्की सहित ९ सांसदले प्रदेश प्रमुखलाई जानकारी गराइसकेका छन् । संस्थापन पक्षीय मानिने कार्कीले केदार कार्कीलाई समर्थन जनाएका हुन् ।
अब प्रदेश प्रमुखले अन्तिममा सनाखत गराउँदा कांग्रेसका ८ जना नै सांसद कायम रहिरहेको खण्डमा कार्की मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । आङ्बो नै मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना भने लगभग सकिएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया