लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना सार्वजनिक

आइतबार, १६ असार २०८१
काठमाडौ । प्रहरीले बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरेको छ । आइतबार काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भण्डारी, कोषाध्यक्षअमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् । उनीहरुमाथि पुल्चोकमा लाली गुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ । प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार