रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित चाँदी पुल नजिक स्कारपियो र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा पाँचजना घाइते भएका छन् ।
चन्द्रपुरबाट सर्लाही जाँदै गरेका ना.४ च.३६९४ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेका बा.प्र. ०१–००६ ख ५७२९ नम्बरको मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
पूर्व पश्चिम राजमार्गमा मङ्गलवार बिहान करिब साढे ८ बजे दुवै साधन एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरले जनाएको छ । स्कारपिओका चालक सहित पाँच जना घाइते भएको र उनीहरूको चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार घाइतेहरूको टाउको, निधार, हात, आँखा लगायतका शरीरको विभिन्न भागमा चोट लागेको छ ।
बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का २८ वर्षीय सन्तोष कुशवाहाको टाउको, निधारमा चोट लाग्दा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रौतहट मौलापुर नपा ३ का २० वर्षीय सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १८ वर्षीय प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वा घर भएका २१ वर्षीय स्कारपियो चालक राम विनोद महतो र सोही नगरपालिका वडा नम्बर २ का १८ प्रदीप कुशवाहा घाइते भएका छन् ।
ट्रक चालक दोलखा जिरी नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय फुरी तामाङलाई सहित ट्रक र स्कारपियो इलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया