काठमाडौँ : ४० लाख रुपैयाँ बढीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, कलकत्ता यादवपुर घर भएका हल काठमाडौँ महानगरपालिका-२३ ओम बहालमा बस्ने वर्ष ६७ वर्षी सुरज दत्त र रुपन्देही, देवदह नगरपालिका घर भइ चन्द्रागिरि तिनथानामा बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट पक्राउ गरेको हो ।
उनीहरुबाट ४० लाख ३२ हजार ५० अवैध रुपैयाँ रुपैयाँ बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराले बताए ।
प्रतिक्रिया