सगरमाथा शिखरमा सात शेर्पाको सफल यात्रा, डोरी टाँग्ने कार्य सम्पन्न

शुक्रबार, २६ बैशाख २०८२
सांकेतिक तस्विर

काठमाडौं : सगरमाथा आरोहणको यो वर्षको तयारी अन्तर्गत डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य सम्पन्न भएको छ । सात जना अनुभवी शेर्पाको टोलीले साँझ ५ बजे सगरमाथाको चुचुरोमा पुगेर यो कार्य सम्पन्न गरेको हो ।

पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार, डोरी टाँगिने कार्य सफलतापूर्वक सम्पन्न भएसँगै यो वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । “अब मौसमको अनुकूलतालाई ध्यान दिँदै अन्य आरोहीहरू शिखरतर्फ अघि बढ्नेछन्,” अवस्थीले भने । 

डोरी टाँग्ने कार्य ‘एटके एक्सपीडिसन’ अन्तर्गत सम्पन्न भएको हो, जसको नेतृत्व अनुभवी आरोही अशोक लामाले गरेका हुन् । सो टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् ।

गरमाथा आरोहणको सिजनमा, सबैभन्दा पहिले अनुभवी शेर्पा टोलीले आधार शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने कार्य गर्छन्, जसले अन्य आरोहीहरूका लागि मार्ग सुरक्षित बनाउँछ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार