एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

मंगलबार, ०१ पुस २०८२
फाइल फोटो

काठमाडौँ, :  नेकपा एमालेको नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका ११ जना सर्वसम्मत निर्वाचित भएका छन्। एमाले केन्द्रीय महाधिवेशन निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उम्मेदवारी दर्ता गराएका ११ जना केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

एमाले निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्य युवा ४० वर्ष मुनि बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । 

उम्मेदवारी दर्ता गराएका दुई जनाको उम्मेदवारी खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरीको  उम्मेदवारी खारेजी भएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए । 

उपमहासचिवको लागि उम्मेदवारी दिएका राजेन्द्र गौतम सहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका १४ जनाले आफनो उम्मेदवारी फिर्ता लिएको समेत जनाइएको छ । एमालेको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ । निर्वाचनमा दुई हजार २ सय ६३ जना प्रतिनिधिले मतदान गर्ने छन ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार