एमाले ११औँ महाधिवेशनमा ११ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

मंगलबार, ०१ पुस २०८२

काठमाडौं । नेकपा (एमाले)को जारी ११ औं राष्ट्रिय महाधिवेशअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरुमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल, मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय सदस्य समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् ।

पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्रा. डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार