मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ?

मुख्यमन्त्रीले पुस ४ गते विश्वासको मत लिने

सोमबार, २९ मंसिर २०८२
File Photo

जनकपुर : मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषदमा दुई जना मन्त्रि थपेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै विना विभागीय मन्त्रि कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस अघि मुख्यमन्त्री यादवले सपथ ग्रहण गरेको दिन जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यसैबिच मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले सरकारको औपचारिक स्थायित्वका लागि विश्वासको मत लिन लागेका हुन् ।

सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् । कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार