एमाले निर्वाचनको कार्यतालिकामा हेरफेर

सोमबार, २९ मंसिर २०८२
फाइल फोटो

काठमाडौं ।  नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत निर्वाचन तालिकामा केही हेरफेर गरिएको छ ।  महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रममा उम्मेदवारी दर्ताको समयमा सकिएको छ । 

उम्मेदवारी दर्ताको समयमा पनि हेरफेर गरिएको थियो । साढे ३ बजे सम्मका लागि तोकिएको उम्मेदवारी दर्ताको समय बढाएर साँझ ५ बजे सम्म पुर्याइएको थियो । निर्वाचन कार्यतालिका अनुसार नै उम्मेदवारको प्रारम्भिक नामावली आज साँझ ६ बजे सम्म प्रशासन गर्ने तयारी गरिएको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आजै राती ८ बजे सम्ममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन गर्ने र भोली निर्वाचन गर्ने एमाले निर्वाचन आयोगका सचिव कुसाङ लामाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

निर्वाचन अन्तर्गत मतदान कार्य  भोली मंगलवार विहान १२ बजे देखि साँझ ६ बजे सम्म हुन सो सूचनामा उल्लेख गरिएको छ । यस अघि निर्वाचन मंगलवार विहान ११ बजे देखि साँझ ५ बजे सम्म हुने कार्य तालिका एमाले निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार