चार महिनामा सात खर्ब रेमिट्यान्स भित्रियो

सोमबार, २९ मंसिर २०८२
सांकेतिक फाईल

काठमाडौं : चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकमा करिब सात खर्ब रेमिट्यान्स भित्रिएको छ । 

गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय(खुद ट्रान्सफर) सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ ।

चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति(संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख २७ हजार ८३७ रहेको बैङ्कले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार