कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण तथा अनुगमन

सोमबार, २९ मंसिर २०८२

इलाम : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणका क्रममा उनले कार्यालय भवन, विभिन्न शाखा तथा हिरासत कक्षको अवलोकन गर्दै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका हुन्।

नायब महानिरीक्षक घिमिरेले जिल्लामा घट्ने विभिन्न प्रकारका अपराध घटनालाई निरुत्साहित गर्न प्रभावकारी पहल आवश्यक रहेको उल्लेख गर्दै कानून कार्यान्वयनमा थप सक्रियता देखाउन निर्देशन दिए। उनले प्रहरी संगठनभित्र सही सोच, भाइचारा, सहकार्य र समन्वयका आधारमा काम गर्दै संगठनको गरिमा सधैं उच्च राख्नुपर्नेमा जोड दिए।

उनले प्रशंसनीय कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिने र संगठनको छविमा आँच आउने किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई भने तत्काल कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे।

निरीक्षण भ्रमणले प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नायब महानिरीक्षक घिमिरेले जनमुखी, पारदर्शी र उत्तरदायी प्रहरी सेवा प्रदान गर्न सबै कर्मचारीलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार