मेचिनगरबाट भन्सार छलिको सामान नियन्त्रणमा

मंगलबार, ०१ पुस २०८२
फाईल फोटो

झापा  : लुकाई छिपाई भारत तर्फबाट भन्सार छली विभिन्न सवारी सधानमा ल्याउनदै गरेका जुत्ताहरु नेपाल प्रहरीले मेचिनगरबाट नियन्त्रणमा लिएको छ । भारत तर्फबाट भन्सार छलेर सामान ल्याउदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा जुत्ताहरु नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको हो । 

आज विहान करिव  १० बजेको समयमा झापाको  मेचिनगर नगरपालिका वडा नम्बर १० निन्दा पुल नजिकबाट इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी वरिष्ट नायव निरीक्षक चन्द्र कुमार शाक्यको नेतृत्वमा खटिएको संयुक्त चेकिङ टोलिले विभिन्न सवारी साधनहरु चेक जाँच गर्ने क्रममा भारत बाट अवैध रुपमा ल्याइएको सारी २ सय थान लगायतको सामानहरु प्रहरीले बरामद गरेको छ । त्यसैगरी स्पोर्ट सुज –२ सय थान फुडबल सुज २० थान लोफर सुज र चप्पल ६ जोर गरी अन्दाजी २ लाख ७५ हजार रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि भन्सार कार्यालयमा वुझाउने कार्य भई रहेको जनाइएको छ 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार