सङ्कट्ग्रस्ट जिल्ला घोषणा : कागजमै सिमित, सडक कार्यालयमा ताला

बुधबार, ०२ पुस २०८२

इलाम  : गत असोज १८ को बाढी पहिरो पछि तीन महिनाका लागि सरकारले विपद संकटग्रस्त जिल्ला घोषणा गरेपनि कुनै ठोस बजेट तथा कार्यक्रम नआएको भन्दै रुष्ट बनेका इलामे नागरिकले सडक डिभिजन कार्यालय इलाममा तालाबन्दी गरेका छन् । सरकारले संकटग्रस्त जिल्लाका रुपमा घोषणा गरेपनि विकास निर्माणका लागि ठोस बजेट र कार्यक्रम नल्याएको भन्दै आक्रोशित बनेका इलामे नागरिकले आज सडक डिभिजन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

संकटग्रस्त जिल्ला भनेर घोषणा गरेपनि बजेट तथा कार्यक्रम नल्याउने सरकारी कदमको विरोध जनाउदै एक घण्टा चक्क जाम सहित सडक डिभिजन कार्यालयको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।  बाढी पहिरोले सो समयमा जिल्लामा ३९ जनाको ज्यान लिएको थियो । त्यस समयमा सरकारले जिल्लालाई संकटग्रस्त घोषणा गरेपनि पुननिर्माण अन्तर्गत सडक तथा पुल लगायतको मर्मत तथा  निर्माणका लागि सरकारले उचित सम्बोधन नगरेको इलामे नागरिकहरुको आरोप रहेको छ ।  सचेत इलामेली नागरिकको आयोजनामा इलाम बचाउ अभियान अन्तर्गत विरोध कार्यक्रम गरिएको जनाइएको छ  । 


पहिलो चरणको विरोध कार्यक्रम अनुसार आज विहान एक घण्टा मेची राजमार्गमा चक्का जाम र सडक डिभिजन कार्यालय इलामका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरियो ।  त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइयो ।  विपद संकटग्रस्त जिल्ला घोषणा भएको अढाइ महिना वित्न लाग्दा समेत विपद पुननिर्माणको सुनिश्चितता नभएको समितिका सम्योजक ईश्वर चिपालुको भनाई छ ।

 विरोध कार्यक्रममा उद्योग बाणीज्य संघ इलाम, होटल एसोसिएसन लगायतको संयुक्त आयोजना रहेको थियो । सो अवसरमा सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले कार्यालयबाट प्रस्ताव गरिएको कार्यक्रम विभागबाट फाइल नै फिर्ता भएको जानकारी दिएका थिए ।

 
सांकेतिक रुपमा पहिलो चरणमा विरोध कार्यक्रम भएको र दोस्रो चरणमा अन्य कार्यक्रम गरिने बताइएको छ । दोस्रो चरणमा विरोध स्वरुप निर्वाचनको कार्यक्रम बहिस्कार गर्ने लगायत रहेका जनाइएको छ । 
 

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार