कोशी प्रदेशमा तीव्र गतिका कारण धेरै दुर्घटना, मंसिरमा ३२ जनाको मृत्यु

बुधबार, ०२ पुस २०८२
फाइल फोटो

विराटनगर : कोशी प्रदेशमा मंसिर महिनामा मात्र करिव ६ सय सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार मंसिर महिनामा कोशी प्रदेशका १४ जिल्लामा साना ठुला ५ सय ८१ वटा सवारी दुर्घटना भएको हुन् । 

ट्राफिक प्रहरीको तथ्याँक अनुसारमा कोशी प्रदेशमा चालकको लापरवाहीका काराण् धेरै दुर्घटना हुने गरेको छ । जसमा पनि तीव्र गतिमा सवारी चलाउने गरेका कारण दुर्घटना वढी भएको उल्लेख गरिएको छ । मंसिर महिनामा मात्र ८ सय ६२ वटा सवारीसाधन दुर्घटना भएको जनाइएको छ । ति  दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको र ९ सय ७९ जना घाइते भएको  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । 

कार्यालयका प्रवक्ता सन्तोष श्रेष्ठका अनुसार मंसिर महिनामा मात्रै चालकको लापरबाहीका कारण ४ सय ६५ वटा दुर्घटना भएका छन् । यो संख्या समग्र दुर्घटनाको ८० प्रतिशत हो । चालकको लापरबाहीमध्ये पनि सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको जानकारी श्रेष्ठले दिए । उनका अनुसार सवारीसाधन तीव्र गतिमा चलाउँदा १ महिनाको अवधिमा २ सय ४७ वटा दुर्घटना भएका छन् । 

चालकको असक्षमताका कारण ९६ वटा , ट्राफिक नियम उल्लंघनका कारण ६० वटा मादक पदार्थ सेवनका कारण ४२ वटा गलत ‘ओभरटेक’का कारण १८ वटा र चालक निदाएका कारण २ वटा  दुर्घटना भएको पनि प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार यान्त्रिक गडबडी, ‘ओभरलोड’, ‘ब्रेक फेल’, ‘टायर पन्चर’लगायत सवारीसाधनका कारण २३ वटा दुर्घटना मंसिर महिनामा भएको छ । 

यात्रुका कारण ५५ वटा  दुर्घटना भएको जानकारी श्रेष्ठले दिए । सवारीसाधनमा चढ्दा एवं ओर्लदा, जथाभावी बाटो काट्दा तथा विभिन्न लापरबाही यात्रुले गर्दा पनि दुर्घटना हुने गरेको छ । सडकको दुरवस्थाका विभिन्न कारणबाट समेत ३१ वटा हुस्सु एवं कुहिरोलगायत मौसमका कारण ४ वटा र छाडा चौपायाका कारण ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याँकमा रहेको छ । 

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख दीपक गिरीका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक सञ्चालन गरिदै आएको र सडकमा सवारीसाधनको चेकजाँच बढाइएको छ । चालकको लापरबाही, तीव्र गति, ओभरलोडजस्ता नियम उल्लंघन रोक्न सडकमा ट्राफिक सक्रियता बढाइएको गिरीले जानकारी दिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार