लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्रमा एनसेलको सेवा विस्तार

बुधबार, ०२ पुस २०८२

पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुहरुले अब मोबाइलमा नेटवर्क नआउने समस्या झेल्न नपर्ने भएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा निर्बाधरुपमा दूरसञ्चार सेवा लिन सकिने बनाएको छ ।

दैनिक रुपमा हजारौ यात्रुहरु पूर्वपश्चिम राजमार्गको यो जंगलहुँदै देशको पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ यात्रा गर्ने गर्दछन् तर यो खण्डमा मोबाइल नेटवर्कको कभरेज थिएन । यो खण्ड वन तथा जंगलको क्षेत्रबाट गुज्रिएको मधेश प्रदेशकै सबैभन्दा लामो सडक खण्ड हो जसको दुरी २१ किलोमिटरको रहेको छ ।

साधारणतय राजमार्ग तथा वन क्षेत्रमा विद्युत आपुर्ति र टावर व्यस्थापनको समस्याले नेटवर्क नआउँने र फोन नलाग्ने समस्या रहन्छ । एनसेलले सेवा उपलब्ध गराएसँगै यात्रुहरु तथा वरपरका स्थानीयहरु सहज सञ्चारबाट लाभान्वित भएका छन् । नेटवर्क नलाग्ने समस्या हटेको हुनाले जंगलको बाटोबाट यात्रागर्दा अब सुरक्षित महसुस भएको यात्रुहरु बताउँछन् ।

पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा सेवाको उपलब्धतालाई सुनिश्चित गर्न थप स्थानहरूमा टावर जडान गरि संचालन गर्न सम्भाव्यता अध्ययन भइरहेको एनसेलले जनाएको छ । वन क्षेत्रमा नयाँ टावर राख्न विभिन्न कारणले तत्काल सम्भव नभएकोले एनसेलले गढन्ता र लक्ष्मिनिया साझेदारी वन परिसरका निश्चित स्थानमा नयाँ प्रविधिको लिन नेटवर्क सोलुसनको प्रयोगमार्फत सेवा उपलब्ध गराएको हो ।

यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो सडक खण्डमा सेवा उपलब्ध गराउनका लागि डिभिजन वन कार्यलय ९महोत्तरी०, गढन्ता सब डिभिजन कार्यलय र बाके सब डिभिजन वन कार्यलयले सहयोग तथा सहजिकरण गरेका थिए । गत वर्ष मधेस प्रदेशका मुख्यमन्त्रीले समेत यो खण्डमा मोबाइलको नेटवर्क नहुँदा यात्रुहरुलाई सम्पर्कमा रहन गाह्रो भएको बताएका थिए र सुरक्षा–संवेदनशीलताको दृष्टिकोणबाट मोबाइल कनेक्टिभिटीको सुधार लागि जोड दिएका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार