जनकपुर : रिक्त रहेको मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु भएको छ । आज बुधबार बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउतले रिक्त रहेको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी हुन् ।
उपसभामुख राउतले आगामी पुस ६ गते आईतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन् । उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएको जानकारी दिइन ।
गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि मधेश प्रदेशमा सभामुखको पद रिक्त रहदै आएको छ ।
प्रतिक्रिया