काठमाडौं: जम्मु काश्मिर प्रहरीले त्यहाँका वरिष्ठ पत्रकार हिलाल मिरलाई पक्राउ गरेको छ । मिडिया रिपोर्टअनुसार, सामाजिक सञ्जालमार्फत भारतविरुद्ध ‘घृणा र पृथकतावादी विचार’ लाई बढावा दिएको आरोपमा प्रहरीले टर्कीको समाचार एजेन्सीमा काम गर्ने मिरलाई पक्राउ गरेको हो ।
श्रीनगरको बेमिना भन्ने ठाउँका उनलाई सामाजिक सञ्जालमार्फत युवाहरूलाई भड्काएको, देशको गलत छवि देखाएको र पृथकतावादी विचार फैलाउने कोसिस गरेको आरोप लगाइएको छ ।
जम्मु काश्मिर प्रहरीको काउन्टर इन्टेलिजेन्स काश्मिर (सीआईके) ले मिरलाई निगरानीमा राखेको थियो । उनलाई कट्टरपन्थी सामाजिक सञ्जाल प्रयोगकर्ता भन्दै भारतको छवि बिगार्ने उद्देश्यले चरमपन्थी सामग्रीको प्रचार गरेको सीआईकेको आरोप छ ।
मिरले यसअघि हिन्दुस्तान टाइम्सका लागि समेत काम गरिसकेका छन् ।
-द वायर
प्रतिक्रिया