कपिलवस्तुमा आँप टिप्न गएकी बालिकाको रुखले च्यापिँदा मृत्यु

शुक्रबार, ०२ जेठ २०८२

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाको वडा नं. ८ मैनिहवामा रुखले च्यापिँदा एक बालिकाको मृत्यु भएको छ।

१४ वर्षीया सुखना केवटको हावाहुरीका बेला आँप टिप्न गएकी अवस्थामा रुखले च्यापिँदा शुक्रबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार घाइते केवटलाई तत्कालै कपिलवस्तु जिल्ला अस्पताल लगिएको थियो। तर उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

शुक्रबार दिउँसो आएको अचानक हावाहुरीले कपिलवस्तु मात्र होइन, नवलपरासीको सुनवलमा पनि क्षति पुर्‍याएको छ। सुनवलमा समेत रुख ढल्दा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार