गाजा युद्धको ६ सय दिन पुरा, ५४ हजार बढी मृत्यु, लाखौँ भोकमरीमा

शुक्रबार, १६ जेठ २०८२

गाजा : इजरायल र हमासबीच जारी युद्धको ६ सय दिन पूरा भएको छ । 

विगत ६०० दिनदेखि मध्यपूर्व रगत, आँसु र विनाशको अन्धकारमा डुबेको छ । एउटा द्वन्द्व, जुन दुई पक्षबिचको लडाइ मात्र होइन, लाखौँ निर्दोष जनताको बाँच्ने प्रश्न बनेको छ ।

७ अक्टोबर २०२३ मा सुरु भएको यो सङ्घर्षले अहिले ६ सय दिन पार गरिसकेको छ । यो हिंसाले सामान्य जनजीवनलाई यति गहिराइमा पु¥याउनेछ भन्ने सायद विश्वले कल्पना पनि गरेको थिएन ।

तथ्याङ्कको कुरा गर्दा मृत्यु हुनेको सङ्ख्या ५४ हजारभन्दा बढी छ भने घाइतेको सङ्ख्या लाखौँमा नाघेको छ ।  गाजामा इजरायलको युद्ध सुरु भएदेखि कम्तीमा ५४ हजार २४९ प्यालेस्टाइनीहरू मारिएका छन् ।

 १ लाख २३ हजार ४९२ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा उल्लेख छ । इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः शत्रुता सुरु गरेदेखि ३९८६ प्यालेस्टाइनीहरूलाई मारेको छ र ११४५१ अन्य घाइते भएका छन्। मन्त्रालयले थपेको छ कि बितेका २४ घण्टामा गाजा अस्पतालमा ६७ शव र १८४ घाइते जम्मा भएका छन्।

तर यी तथ्याङ्कहरू पछाडि हतियार मात्र होइन, भोक, रोग र जीवनको बन्द लाइनहरू पनि जिम्मेवार छन्। केही महिनाअघि सिमाना पूर्ण रूपमा सिल गरिएको थियो । न खाना, न औषधि, न राहत वितरण गर्न सकियो । बाँच्नको लागि हरेक दिन सङ्घर्ष गरिरहेका छन्।

रिपोर्टका अनुसार अवस्था यति खराब बनेको छ कि मानिसहरूले फोहोरको थुप्रोमा खाना खोज्न बाध्य छन्। छोराछोरीलाई बचाउन एउटी आमाले पोलेको भात र सुकेको रोटी उमालेर खुवाउने प्रयास गरिरहेकी छिन् । यो भोकमरीको दृश्य मात्र होइन, यो ठुलो विनाशको दृश्य हो।

हालै केही राहत सामग्री आइपुग्यो तर स्थिति यति विस्फोटक थियो कि भीडले नियन्त्रण गुमायो र सुरक्षा बलले जवाफी वायरिङ गर्‍यो। यस अराजकतामा धेरैले ज्यान गुमाए, दर्जनौँ घाइते भए। बन्धक फिर्ताको कुरा गर्दा हालसम्म १४८ जना फर्किएका छन् ।

कहिले सम्झौतामा, कहिले कुनै सम्झौता बिना, कहिले सैन्य कारबाही मार्फत तर सयौँ अझै बेपत्ता छन् । र, तिनीहरूलाई फिर्ता ल्याउन कूटनीतिक प्रयासहरू भइरहेका छन्। युद्ध विरामको बारेमा बयानबाजी चर्को छ, तर स्पष्ट बाटो देखिँदैन।

जब इजरायलले भूमिमा ठुलो आक्रमणको कुरा गर्छ, हमासले युद्ध विरामका सर्तहरू परिवर्तन गर्दछ। मध्यस्थकर्ता देशहरू इजिप्ट, कतार र अमेरिका जो ब्याक फुटमा छन्। विश्वले विज्ञान, विकास र कूटनीतिको कुरा गरिरहेको बेला सिङ्गो क्षेत्र भोक, बन्दुक र विनाशले डुबेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार