काठमाडौँ : राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपक सिंहलाई प्रहरीले आइतबार राति रिहा गरेको छ।
दिउँसो राजधानीको नक्साल क्षेत्रबाट प्रदर्शनको क्रममा पक्राउ परेका थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि राति थापा, सिंहसहित उनीहरूसँगै पक्राउ परेका अन्य पाँच जनालाई समेत रिहा गरिएको हो।
प्रदर्शनका क्रममा कुनै ठूलो अप्रिय घटना नभएकाले उनीहरूलाई रिहा गरिएको जनाइएको छ।
प्रतिक्रिया