पाँचथरको तमोर नदी नजिक गाडी दुर्घटना, उद्धारका लागि हेलिकप्टर माग

शनिबार, १८ असोज २०८२
तस्बिर : फाइल

पाँचथर । पाँचथरको तमोर नदी नजिक कार्तिके क्षेत्रमा शनिबार बिहान एक गाडी दुर्घटना भएको छ । प्रत्यक्षदर्शीका अनुसार गाडी नदी किनारमा खस्दा ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटना स्थल दुर्गम भेग र नदी किनारमै रहेकाले उद्धार कार्यमा कठिनाइ भएको प्रत्यक्षदर्शी सागर ढकालले बताएका छन् । उनले तत्काल उद्धारका लागि हेलिकप्टर वा एम्बुलेन्स पठाउन आग्रह गर्दै ढिलाइ भए मानवीय क्षति अझ बढ्न सक्ने चेतावनी दिएका छन् ।

‘हामी घटनास्थलमै छौँ, उद्धारको प्रयास भइरहेको छ तर यहाँबाट छिट्टै अस्पताल पुर्‍याउने अवस्था छैन,’ ढकालले भने ।

स्थानीयवासी र घटनास्थलमा पुगेका व्यक्तिहरूले समेत उद्धार कार्यमा सक्रियता देखाइरहेका छन् । तर सडक पहुँच सहज नहुँदा पीडितलाई तत्काल अस्पताल पुर्‍याउन कठिन भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले दुर्घटनाबारे जानकारी दिँदै उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जनाएको छ । तर क्षति र मृतक/घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार