पाँचथर दुर्घटना अपडेटः ६ जनालाई उद्धार गरी अस्पताल पठाइयो

शनिबार, १८ असोज २०८२

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ कात्तिकेमा तमोर करिडोरमार्गमा एक पिकअप भ्यान दुर्घटनाग्रस्त भएको छ। पाँचथरबाट धरानतर्फ आउँदै गरेको उक्त भ्यान शनिबार दिउँसो तमोर नदीमा खसेको स्थानीय लक्ष्मी गौतमले जानकारी दिए।

 हालसम्म ६ जनालाई जीवितै उद्धार गरी तत्काल उपचारका लागि धरान पठाइएको छ। तर भ्यानमा सवार अन्य केही यात्रु अझै बेपत्ता रहेको र हताहत भएको आशंका गरिएको छ।

घटनापछि स्थानीयबासीहरू उद्धारमा खटिएका थिए। तर दुर्गम स्थानमा दुर्घटना भएकाले उद्धार कार्य कठिन बनेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता दिपक पोखरेलका अनुसार घटनास्थलतर्फ प्रहरी र सशस्त्र प्रहरी बलको टोली प्रस्थान गरिसकेको छ।

घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार