मेची राजमार्ग खुलाउन ९ वटा स्काभेटर परिचालन

बुधबार, २२ असोज २०८२

पाँचथर । अवरुद्ध मेची राजमार्गको इलाम–पाँचथर खण्ड खुलाउन ९ वटा स्काभेटर परिचालन गरिएको छ। असोज १८ गतेदेखि अवरुद्ध भएको यो सडक पुनः सञ्चालनमा ल्याउन इलाम सडक डिभिजनले विहानैदेखि ब्याक कटिङ कार्य अगाडि बढाएको जनाएको छ।

सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार बञ्चरे गोलाईमा सडक चुँडिएको स्थानमा मर्मत कार्य भइरहेको छ। त्यहाँका अतिरिक्त इलामकै पुवा खोला खण्डमा ३ वटा, मिलगोलाई तर्फबाट ३ वटा र राजदुवाली खण्डमा १ वटा स्काभेटर परिचालन गरिएको छ। भट्टराईले माइखोला–राजदुवाली खण्डका लागि थप २ वटा स्काभेटर ल्याइँदै गरेको पनि जानकारी दिए।

उनका अनुसार मिलगोलाईतर्फबाट केही क्षणमै मेशिन सञ्चालनमा आउने तयारी भइरहेको छ। असोज १७ र १८ गतेको भीषण वर्षा र पहिरोका कारण सडकका विभिन्न भागमा ठूलो क्षति पुगेको र त्यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने सडक डिभिजनले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार