सुनसरीका बाढीपीडितलाई खाद्य सहयोग

बुधबार, २२ असोज २०८२
तस्बिर : फाइल

सुनसरी : सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन् । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो ।

बाढीपीडितलाई भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री वितरण गरिएको इनरुवा जेसिजका अध्यक्ष सत्य यादवले बताए ।

इनरुवा–४ मरिकटोलका ४० जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार