बाजुरा । बाजुरामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । कर्णाली नदीमा बेवारिसे अवस्थामा उक्त शव फेला परेको हो ।
जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ झुगला स्थित कर्णाली नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।
उनका अनुसार कर्णाली नदीमा नदिले बगाएर ल्याएको अवस्थामा शव फेला परेको बताएका छन्। बेवारिसे अवस्थामा महिलाको शव फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी धुला चौरलाई खबर गरे पश्चात् घटनास्थलमा प्रहरी खटाई शव नियन्त्रणमा लिएको बताएका छन् ।
फेला परेको शवको पहिचान भने हुन सकेको छैन्।शवको सनाखत हुन बाँकी छ । शव महिनौँ दिनको हुनसक्ने प्रहरीले बताएको छ । शव पुरै कुहिएको अवस्थामा नदीको छेउमा फेला परेको हो ।
घाँटीमा लगाइएको लकेटका आधारमा पहिचान गर्न सकिने प्रहरीले बताएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया