मोरङ। मोरङको जहदा गाउँपालिका–७ लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।
बुधवार बिहान करिब ११ः३० बजे दुर्गा माताको मूर्ति सेलाउन गएका सोही ठाउँका दिपक साहका १८ वर्षीय छोरा सोनु साह खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी मझारेबाट प्रहरी निरीक्षक शेखर कार्कीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
स्थानीयहरूको सहयोगमा खोजतलास गर्दै प्रहरीले साहलाई खोलाबाट बाहिर निकाली उपचारका लागि विराटनगर पठाएको थियो। तर दिउँसो करिब २स्४५ बजे कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया