पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनामाथि अख्तियारले चलायो मुद्दा

बुधबार, २२ असोज २०८२

काठमाडौँ । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार विशेष अदालत पुगेको छ । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

 पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत गएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । हाल अदालतमा रुजु गर्ने काम भइरहेको पौडेलले बताए । 

जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार