इटहरी : इटहरी उपमहानगरपालिका–१ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवको अवसरमा आइतबारदेखि सुरु भएको साताव्यापी खेलकुद सप्ताहअन्तर्गत विद्यार्थीहरूले विविध जातीय भेषभूषामा सजिएर आकर्षक र्याली प्रदर्शन गरेका छन्।
विद्यालयले खेलकुद गतिविधि विद्यार्थीमा अनुशासन, नैतिकता, आपसी विश्वास र सकारात्मक सोच विकास गर्ने माध्यम भएको बताउँदै नयाँ विद्यार्थीलाई ऊर्जा र प्रेरणा दिने उद्देश्यले सांस्कृतिक र रंगीन भेषभूषासहित र्याली निकालिएको जानकारी दिएको छ।
विद्यालय प्राङ्गणबाट सुरु भएको र्याली आपगाछी बजार हुँदै पुनः विद्यालयकै खेलमैदानमा आइपुग्दा समापन गरिएको थियो। त्यसपछि खेलकुद सप्ताहको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख रमेश साहले गरेका छन्।
कार्यक्रममा इटहरी–१ का वडाध्यक्ष कैलाश कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, वडा सदस्य हरिहर चौधरी, शिक्षक–अभिभावक सङ्घ, आमा समूहका प्रतिनिधि तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयको ७० औँ वार्षिकोत्सव मंसिर १३ गते मनाइने छ। वार्षिकोत्सवको अघिल्लो दिन विद्यालयले ‘स्कुल आइडल’ को फाइनल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। यस वर्षदेखि अतिरिक्त क्रियाकलापमा ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ पनि समावेश गरिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले जानकारी दिए।
_EhrMCp1lO3.jpg)
_nPESWelEi3.jpg)

_oTpYe2B1yH.jpg)
प्रतिक्रिया