श्रीदेवीले ढोका खोलेपछि दुबैजना घरभित्र छिरेर धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीदेवीले प्रयोग गने मोबाइल, कानमा लगाएको २.५ तोलाको सुनको रिङ र २५ लालको घाँटीमा लगाएको तिलहरी लुटेर लगेको प्रहरीले जनाएको छ ।
हत्यापछि गोर्खबहादुर घटनास्थलबाट मुगु र जुम्लाको सिमाना बुलबुलेसम्म पैदल गइ त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए । श्रीदेवीले प्रयोग गरेको मोबाइलको सिम फ्याँकेर शाहीले आफनो सिम हालेर प्रयोग गरेको पाइएको छ ।
कात्तिक २३ गते नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्र शाही र बिक्रम शाहीको घरबाट गोर्खबहादुरले लुकाई राखेको झोलामा नगद १ लाख ७९ हजार नागरिकता, राहादानी, बसको टिकटसहित सिमकार्ड नभएको दुई थान मोबाइल प्रहरीले बरामद गरेको थियो ।
हत्यामा संलग्न गोपाल बोहोरा मृतक श्रीदेवीका आफनै मामाको छोरा हुन् । गोर्खबहादुर शाही श्रीदेवीका कान्छी आमाका श्रीमान हुन् । प्रहरीले दिएको जानकारी अनुसार गोपालले आफूलाई श्रीदेवीका श्रीमानले भिसा पठाउन नमानेको र त्यही झोंकमा परिवारको हत्या गर्ने योजना बताएको बताएका छन् ।
एक्लै हत्या गर्न नसक्ने देखेपछि नेपालगन्जमा रहेका आफ्ना फुपाजु गोर्खलाई गत जेठ महिनामा भेट गरी हत्या गर्ने योजना बनाएको पत्रकार अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश हाल नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय मुगु र कर्णाली प्रदेश केनाइन शाखाबाट खटिएका प्रहरी अधिकृत सहितको टोली खटिएको थियो ।
घटनाबारे स्थलगत अनुसन्धान गरी हत्यामा संलग्नलाई सार्बजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
प्रतिक्रिया