काठमाडौं : एशियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ मा सहभागी हुन नेपाली चेस टोली श्रीलंका प्रस्थान गरेको छ।
प्रतियोगिता मार्च ११ देखि १८ सम्म कोलम्बोस्थित फ्याकल्टी अफ ग्राजुएट स्टडिज युनिभर्सिटी को हलमा आयोजना हुनेछ।
नेपाल बुद्धिचाल महासंघले एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीलाई सम्पूर्ण खर्चसहित पठाएको छ भने पुरुषोत्तम सिलवाल आफ्नै खर्चमा सहभागी भएका छन्।
प्रतियोगितामा नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको शीर्ष ६ पुरुष र ६ महिला खेलाडीलाई ६१५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।
खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ सहित पदाधिकारीहरूले विदाई गरेका छन्।
प्रतिक्रिया