सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा

बुधबार, २० चैत्र २०८१
काठमाडौँ :  सुनवाइ नसकिए पछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा पुनः हेर्दा हेर्दैमा राखिएको छ । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो । मङ्गलवार र बुधवार न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर सुनुवाइ पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ। पटक पटक पेशी सर्दै आएको कुलमान र हितेन्द्रदेवको रिटलाई हिजोबाट भने विशेष प्राथमिकताका साथ सुनुवाइ गरिएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार