इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–६ धरान लाइनस्थित कोशी लोकमार्गमा अटो ठक्करबाट एक पैदलयात्री घाइते भएकी छन्।
बुधबार साँझ करिब ४:२० बजे धरानबाट इटहरीतर्फ गइरहेको प्रदेश १-०५-००१ ह ०५०३ नम्बरको अटोले इटहरी–४ निवासी करिब २० वर्षीया सजना ओझालाई ठक्कर दिएको हो।
ठक्करपछि घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अनुहार र खुट्टामा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
घटनालगत्तै अटो चालक, उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा टोल निवासी ४४ वर्षीय मनिस कुमार राईले घाइतेलाई उपचारका लागि अस्पताल लगेका थिए। हाल अटो इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब निरीक्षक हरी सुवेदीको टोली घटनास्थलमा खटिएको थियो।
घटनास्थल इटहरी इलाका प्रहरी कार्यालयबाट करिब ८०० मिटर पश्चिम–उत्तरमा पर्छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया